३७ पब्लिक कम्पनीको बार्षिक साधारणसभा आज हुँदै, कुन कम्पनीले कति दिँदैछ लाभांश ?

२९ पुष २०८०, आईतवार ०८:३९

काठमाडौं । आज पुसको अन्तिम दिन नेप्सेमा सूचिकृत भई कारोबार हुँदै बैंक, वित्तीय संस्थासहित ३७ वटा पब्लिक कम्पनीको बार्षिक साधारणसभा हुँदैछ । कम्पनी ऐन अनुसार पुस मसान्तभित्रमा बार्षिक साधारणसभा गर्नुपर्ने व्यवस्था अन्तर्गत आज बार्षिक साधारणसभा गर्न लागिएको हो ।

आज बार्षिक साधारणसभा हुन लागेका कम्पनीहरुमा नेपाल टेलिकम, नेपाल बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, हिमालयन बैंक र बुटवल पावर कम्पनी लगायतका रहेका छन् ।

उल्लेखित कम्पनीहरु मध्ये सबैभन्दा १४ वटा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् भने हिमालयन बैंकसहित २३ वटा पब्लिक कम्पनीका शेयरधनीको हात खाली हुनेछ । आज साधारणसभा हुने पब्लिक कम्पनीहरुमा सबैभन्दा धेरै लाभांश नेपाल टेलिकमले दिँदैछ । टेलिकमले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव आजको बार्षिक साधारणसभाबाट पारित हुनेछ ।

त्यस्तै, छिमेक लघुवित्तले पाँच प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिँदैछ भने आईसीएफसी फाइनान्सले ६.५ प्रतिशत नगद लाभांश दिँदैछ । त्यस्तै, साना किसान लघुवित्तले १४.२५ प्रतिशत बोनस शेयर दिँदैछ भने युनिभर्सल पावर कम्पनीले ८.५५ प्रतिशत बोनस शेयर दिँदैछ । त्यस्तै, जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस शेयर लाभांश बापत वितरण गर्दा गरिमा विकास बैंकले ९.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव आजैको साधारणसभाबाट पारित हुनेछ ।

मन्दाकिनी हाईड्रोपावरले ४.७५ प्रतिशत बोनस शेयर, राधी विद्युत कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर, बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद लाभांश, ग्लोबल आइएमई लघुवित्तले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछन् ।

आजै बार्षिक साधारणसभा गर्ने हिमालयन बैंक, नेपाल बैंक ज्योति विकास बैंकका शेयरधनीको हात रित्तो हुनेछ । उनीहरुले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् । त्यस्तै, पाइम बैंक, बाराही हाईड्रो पावर, सप्तकोशी डेभलपमेन्ट बैंक, माथिल्लो मैलुङ खोला होईड्रो, मोदी इनर्जी, सिनर्जी पावर, अरुणभ्याली हाईड्रोपावर, सान्जेल जलविद्युत कम्पनी, गणपति लघुवित्त, राप्ती हाईड्रो, गुडविल फाइनान्स, पोखरा फाइनान्स, लक्ष्मी लघुवित्त, दोर्दी खोला हाईड्रो, उन्नति सहकार्य लघुवित्त, सिवाईसी नेपाल लघुवित्तसहितका २३ पब्लिक कम्पनीले बार्षिक साधारणसभाबाट लाभांश वितरण सम्बन्धी निर्णय गर्ने छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*