नेपालगन्जबाट काठमाडौं आउदै गरेको बस दाङमा राप्ति नदिमा खस्यो १२ जनको मृत्यु

२८ पुष २०८०, शनिबार ०६:२८

काठमाडौं । नेपालगन्जबाट काठमाडौ आउदै गरेको यात्रुबाहक बस गएराति दाङस्थित राप्ति नदिमा खसेर दुर्घटनाग्रस्त हुँदा कम्तिमा एक दर्जन मानिसको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङ जिल्लाको देउखुरी गापा १ भालुवाङमा रहेको राप्ति पुलबाट नदीमा खसेको थियो । अत्याधिक गतिमा रहेकाे यात्रुबाहक बसले पुलको रेलिङ भाँचेर नदिमा खसेको छ ।

दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको भालुवाङ प्रहरीले जनाएको छ ।

घट्नामा घाईते भएका २३ जना घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ । घाईते मध्ये केहीको अवस्था गम्भिर छ । अधिकांश घाइते नेपालगन्जका छन्, दुइ जना कालिमाटी काठमाडाैका रहेका छन् ।

दुर्घट्नानाकाे कारण खुलेकाे छैन । दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*