कालिका लघुवित्तको ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२७ पुष २०८०, शुक्रबार ११:४७

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ३ जना संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त संस्थापक शेयर बिक्रीमा ल्याएको हो।

यसमा हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले संस्थाको केन्द्रीय कार्यालय पोखरा–१०, कास्कीमा ३५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयभित्र विद्यमान संस्थापकहरुबाट शेयर खरिद गर्न आवेदन प्राप्त नभएको खण्डमा कम्पनीले उक्त शेयर अन्य व्यक्ति वा संस्थाका लागि बिक्री खुला गरिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*