राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि खुला दरखास्त (सूचनासहित)
२७ पुष २०८०, शुक्रबार ११:०९
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि खुला दरखास्त आह्वान गरिएको छ ।
प्रतिष्ठानको कार्यकारी निर्देशक पदपूर्तिका लागि योग्यता पुगेका एवं अनुभवी नेपाली नागरिकले २१ दिनभित्र मन्त्रालयको सीप विकास तथा तालिम शाखामा तोकिएको ढाँचामा दरखास्त दिन भनिएको छ ।
सूचनामा उल्लेख तीनवटा वेबसाइटमा सम्पूर्ण विवरण खुलाइएको जानकारी प्रतिष्ठान विकास समितिले दिएको छ ।