उच्च अदालतको भवन निर्माणका पेटी ठेकेदार नक्कली परेपछि…

२६ पुष २०८०, बिहीबार १६:४३

काठमाडौं । उच्च अदालत बागलुङको भवनको भित्रि वालको ठेक्का लिएका ठेकेदार सम्पर्कविहीन भएका छन् । मजदुरको ज्याला र होटलमा खाएको खर्च समेत नतिरि निर्माण व्यवसायी बाबुराम रायमाझी सम्पर्कविहीन भएका हुन् ।

मुख्य ठेकेदारबाट रायमाझीले भित्री कामका लागि पेटी ठेक्का लिएका थिए । रायमाझीले १३ लाख रुपैयाँ लगेको र झण्डै ५ लाखबढी रासनपानीको खर्च पनि नतिरेको खुलेको छ ।

अदालतको भवन निर्माण गरिरहेको श्यामसुन्दर/शिवजी संयुक्त निर्माण कम्पनीका मेनेजर ओम गुरुङका अनुसार काम छाडेर सातादेखि रायमाझी सम्पर्कविहीन छन् । उनले बुझाएको कागजात नै नक्कली हो कि भन्ने शंकाले कम्पनीले खोजी गरिरहेको गुरुङले बताएका छन् ।

मुख्य ठेकेदार कम्पनीले समयमा काम सक्ने लक्षले सहायक अर्थात् पेटी ठेक्का दिएको थियो । ती ठेकेदार भाग्दा काम गरिरहेका झण्डै ३० कामदारले पनि भुक्तानी नपाएको गुरुङले बताए । मुख्य ठेक्काको काम भने कम्पनीले नियमित गरिरहेको छ । पेटी ठेक्का लिँदा कम्पनी वाला नभई रायमाझी एकल ठेकेदार मात्रै रहेको पाइएको हो ।

श्यामसुन्दर–शिवजी संयुक्त निर्माण कम्पनीले ५० करोड ९५ लाख २५ हजार रुपैयमा ठेक्का लिएको भवन समयमा सकिने अबस्था भएपनि सरकारले भुक्तानीमा केही ढिला गरेको कम्पनीका प्रतिनिधिको गुनासो थियो । कम्पनीका म्यानेजर ओम गुरुङका अनुसार भवनको ५० प्रतिशत काम सम्पन्न भएकोमा रकम भने ३८ प्रतिशत मात्रै भुक्तानी पाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*