सामान्य अंकले घट्यो नेप्से, चार अर्बको शेयर कारोबार

२६ पुष २०८०, बिहीबार १५:०७

काठमाडौं । शेयर बजार परिसूचक नेप्से सामान्य गिरावट आएको छ । पछिल्ला तीन दिन लगातार बढेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार ०.६२ अंकले घटेको हो । नेप्से परिसूचक सामान्य अंकले घटेर २०८८.९९ विन्दुमा रोकिएको छ ।

अघिल्लो दिन बुधबार नेप्से एकल अंकले बृद्धि भएको थियो । बुधबार नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९.६२ विन्दुमा पुगेको थियो । स्टक मार्केटमा साताको अन्तिम कारोबार दिन दुई करोड २१ लाख ३२ हजार ७६८ कित्ता शेयर किनबेच हुँदा चार अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रुपैयाँको कारोबार भयो ।

यस दिन हाइड्रोपावर, लघुवित्त, व्यापार र अन्य उपसूचक बाहेक सबै राताम्य हुन पुगेका छन् । हाइड्रोपावर, लघुवित्त, व्यापार उपसूचकमा भने दोहोरो अंकको वृद्धि देखिएको छ । बैंकिङ उपसूचक सामान्य अंकले घट्दा जीवन बीमा उपसूचक तेहरो अंकले ऋणात्मक देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*