रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लकइन अवधि सकिदै

२६ पुष २०८०, बिहीबार १३:५२

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लकइन अवधि सकिने भएको छ। कम्पनीको ३ लाख ११ हजार १४१ कित्ता सेयरको लकइन अवधि सकिँदै छ ।माघ मसान्तबाट लकिङ अवधि सकिने कम्पनीले जनाएको छ। धितोपत्र बोर्डले कम्पनीले सामुहिक लगानी कोषका लागि छुट्याएको ५ प्रतिशत सेयर मध्ये ३ लाख ११ हजार कित्ता सेयर धितोपत्र बोर्डले लकिङमा राख्न निर्देशन दिएको थियो ।

बोर्डले गत मंसिर २५ गते निर्देशन जारी गर्दै सामूहिक लगानी कोषहरूले खरीद गरेको धितोपत्र सार्वजनिक निष्कासनको मितिले ६ महिना पुरा नभएसम्म बिक्री गर्न नपाउने व्यवस्था गरेको हो ।
कम्पनीले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर निष्कासनमा ल्याएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*