यी हुन् निफ्रामा १ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका ११ शेयरधनी

२६ पुष २०८०, बिहीबार १३:४८

काठमाडौं । निफ्रामा १ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका ११ शेयरधनीको रहेका छन् । कम्पनीको आर्थिक वर्ष २०७९र८० को वित्तीय विवरणमा व्यक्तिगत र संस्थागत गरि १ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका ११ शेयरधनी कम्पनीमा रहेको उल्लेख छ ।

कम्पनीमा नेपाल सरकारको १० प्रतिशत शेयर लगानी रहेको छ । नेपाल सरकार कम्पनीको सबैभन्दा ठूलो शेयरधनी हो ।

त्यस्तै कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्सको ८।९५ प्रतिशत, र ग्लोबल आई।एम।ई बैंकको ५।४८ प्रतिशत शेयर लगानी रहेको छ । एन।आई।सि।एसिया बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको समान ५ प्रतिशत शेयर लगानी रहेको छ । त्यस्तै प्रभु बैंकको ४।९२ प्रतिशत, लाईफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल०को ४।२० प्रतिशत, र नेपाल पुर्नबिमा कम्पनीको २।४७ प्रतिशत शेयर निफ्रामा रहेको छ ।

एसियन लाईफ इन्स्योरेन्सको १।७५ प्रतिशत, इमर्जिङ्ग नेपाल लिमिटेडको १।२५ प्रतिशत र नितेश अग्रवालको १।२१ प्रतिशत शेयर रहेको छ । नितेश अग्रवाल बैंकको सबै भन्दा ठूला व्यक्तिगत लगानीकर्ता हुन् ।

हाल बैंकको चुक्ता पुंजी २१ अर्ब ६० करोड रहेको छ । बैंकमा सर्वसाधारण शेयरधनीको ४० प्रतिशत स्वामित्व रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*