हिमालयन बैंक र नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?

२६ पुष २०८०, बिहीबार १५:१८

काठमाडौं । यो साताको शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से घट्दा ९ वटा उपसूचकमा गिरावट आएको छ ।

यस दिन हिमालयन बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वाधिक कारोबार भएको छ । तेस्रोमा भने सोनापुर मिनरल्सको शेयरमा लगानीकर्ताले आकर्षण देखाएका छन् ।

त्यसैगरी आज हाथवे इन्भेष्टमेन्ट, सानिमा मिडल तमोर हाइड्रोपावर, रिलायबल नेपाल लाइफ, अरुण काबेली पावर, अरुण भ्याली हाइडङोपावर डेभलपमेन्ट, न्याग्दी ग्रुप पावर र निफ्राको शेयर सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*