किसान लघुवित्त र धौलागिरी लघुवित्त दुबैले लाभांश वितरण नगर्ने
२६ पुष २०८०, बिहीबार १०:३३
काठमाडौं । किसान लघुवित्त र धौलागिरी लघुवित्त दुबैले लाभांश वितरण नगर्ने भएका छन्।
गत कात्तिक २२ गते बसेको धौलागिरी लघुवित्तको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश वितरण गरेकोमा पुस २५ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
त्यसैगरी, पुस २६ गते बसेको किसान लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित मुनाफामै राख्ने निर्णय गरेको छ।