गुराँस लघुवित्तमा कस्को कति छ लगानी?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारण सभामा प्रस्तुत संचालक समितिको वार्षिक प्रतिवेदन (आव २०७९।८०) का अनुसार अध्यक्ष उदय नारायण बराल (संस्थापक) को स्वामित्वमा ५३ हजार ९७१ कित्ता शेयर रहेको छ ।
प्रतिवेदनका अनुसार संचालक राजु प्रसाद अधिकारी (संस्थापक) को स्वामित्वमा ५३ हजार ९७१ कित्ता , संचालक विजय कुमार दाहाल (संस्थापक) को स्वामित्वमा २४ हजार ५३२ कित्ता शेयर रहेको छ ।
त्यस्तै, संचालक डा. प्रियंका कटवाल (सर्वसाधारण) को स्वामित्वमा ८६४ कित्ता, संचालक अशोक गौतम (संस्थापक) को स्वामित्वमा ५३ हजार ९७१ कित्ता, संचालक प्रा.डा. प्रमोद कुमार झा (स्वतन्त्र) को स्वामित्वमा ० र संचालक अर्जुन निरौला (सर्वसाधारण) को स्वामित्वमा १०५ कित्ता शेयर रहको छ । त्यसैगरी सिईओ विष्णु प्रसाद उपाध्यायको स्वामित्वमा ३४ हजार ३४५ र प्रबन्धक जगन्नाथ कुइकेलको स्वामित्वमा ८८ कित्ता शेयर रहेको छ ।
साथै कम्पनीले वित्तीय संस्थाका संचालक तथा पदाधिकारीहरुले वित्तीय संस्थाको साधारण सभाबाट पारित बोनस शेयर ग्रहण गर्ने बाहेक शेयर कारोवारमा अरु कुनै संलग्नता भएको जानकारी वित्तीय संस्थालाई नभएको स्पष्ट पारेको छ ।