हिमालयन रिसहित चार कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कमाए सर्वाधिक?
२५ पुष २०८०, बुधबार १५:०५
काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से परिसूचक ९ अंकले बढेको छ । बुधबार नेप्से सामान्य अंकले बढेसँगै ११८ कम्पनीहरुको शेयरमूल्य बढेको हो ।
यस दिन मनकामना स्मार्ट लघुवित्त, हिमालयन रि, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, ङादी ग्रुप पावर, उन्नती सहकार्य लघुवित्त, मानुषि लघुवित्त, सोनापुर मिनरल्स, सिद्धार्थ इक्विटी फण्ड र जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ ।