नेप्से सूचक २१ सय विन्दुमाथि
२५ पुष २०८०, बुधबार ११:४३
काठमाडौं । साता काराबारको चौथो दिन नेप्से सूचक २१ सयको विन्दुमाथि उक्लिएको छ । बुधबार ११ः४० बज्दै गर्दा नेप्से ३०.६० अंकले बढेर २११० को विन्दुमा चढेको हो ।
यस समयसम्म १९४ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको छ भने ४१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यसैगरी, यस समयसम्म नेप्सेमा २४ लाख बढी कित्ता शेयर किनबेच हुँदा ९७ करोड बढीको कारोबार भइसकेको छ ।