यती एयरलाइन्स विश्वका चढ्नै नहुने तीन हवाइजहाजको लिष्टमा

२४ पुष २०८०, मंगलवार १७:२७

काठमाडौं । यती एयरलाइन्स यात्रुलाई अति जोखिम हुने विश्वका तीन विमान कम्पनीभित्र परेको छ । सन् २०२४ को एउटा आँकडा अनुसार नेपालको यती एयरलाइन्स पनि अतिजोखिम हुने विमान कम्पनीमा परेको हो । सुरक्षा मापदण्ड अपुग, अदक्ष चालकदल र नियामकको कमजोरीलाई आधार मानेर यतीलाई जोखिम कम्पनीको सूचीमा राखिएको टकरन्यूज डट कोले लेखेको समाचारमा उल्लेख छ ।

यतीको दुर्घटना इतिहासले गर्दा समेत चढ्न नहुने भनी परिभाषित गरिएको छ । एयरलाइन्स रेटिङको तथ्यांकलाई आधार मानेर चढ्न नहुनेको सूची बनाइएको समाचारमा उल्लेख छ । सात स्टारमा तीनभन्दा कम नतिजा ल्याउनेलाई अति जोखिममा राख्ने गरिएको छ ।

टकरन्यूज डट को‘को समाचारमा भनिएको छ, ‘नेपालमा सञ्चालित यति एयरलाइन्सले पहाडी तथा हिमाली भूभाग, जोखिमपूर्ण मौसम र उडान सुरक्षालगायत चुनौतीहरूको सामना गरिरहेको छ ।’

नेपालको समग्र उडान सुरक्षा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)को गाइडलाइनले दिएको कार्यसम्पादन औसतभन्दा माथि भएपनि यति एयरलाइन्स घातक दुर्घटनाका कारण खराब सूचीमा परेको समाचारमा उल्लेख छ ।

आईकाओले नेपालको हवाई सुरक्षा मापदण्डमा रहेका कमीकमजोरी पहिचान गरेर समग्र हवाई यात्रा सुरक्षित बनाउन एक्सन प्लानसहितको कार्ययोजना ल्याउन पटक-पटक सूचित गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*