विकास बैंकमा लगानीकर्ताको आकर्षण हुँदा कुनको शेयर मूल्य कतिले बढ्यो ?
२४ पुष २०८०, मंगलवार १७:२१
काठमाडौं । मंगलबार दोस्रो बजारका लगानीकर्ताहरु विकास बैंकहरुतर्फ आकर्षित भएको देखिएका छन्। यस दिन विकास बैंकहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै सो उपसमूहको परिसूचक पनि सर्वाधिक बढेको छ।
यस दिन विकास बैंक उपसमूहको परिसूचक ५.२१ प्रतिशत बढेको छ ।
शेयर मूल्यको आधारमा हेर्ने हो भने नारायणी डेभलपमेन्ट बैंकको अग्रस्थानमा रहेको छ ।बैंक हकप्रदको तयारीमा समेत रहेको छ ।
दोस्रोमा मितेरी, तेस्रोमा शाईन रेसुङ्गा बैंक र चौथौमा लुम्बिनी विकास बैंक रहेको छ ।
तीन वाणिज्य बैंकको शेयरमा भने आज सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, स्रागिला बैंक र सप्तकोशी विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ ।