बीमा कम्पनीको शेयर कारोबार कस्तो रह्यो ?
२४ पुष २०८०, मंगलवार १५:५२
काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सुधार आँउदा ६ अर्ब बराबरको शेयर कारोबार भएको छ । शेयर बजार उकालो लाग्दा आज जीवन बीमा उपसमूह ०।९२ प्रतिशत र निर्जीवन बीमा उपसमूह ०।६० प्रतिशतले वृद्धि भएको छ। हिजोदेखि दोस्रो बजारमा कारोबार सुरु भएको हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको सेयरभाउ १० प्रतिशतले वृद्धि भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको सेयरभाउ २।७६ प्रतिशतले बढेर ६७० रुपैयाँ पुगेको छ । यसका साथै एशियन लाइफको २।५९ प्रतिशत, सानिमा रिलायन्स लाइफको २।१३ प्रतिशत, शिखर इन्स्योरेन्सको २।०३ प्रतिशतले सेयरभाउ बढेको छ ।