कमोडिटी एक्सचेन्जको मागसहित सर्वोच्च अदालतमा रिट दायर
काठमाडौं । कमोडिटी एक्सचेन्ज संचालनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। आज अधिवक्ता रपिश पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटको मस्यौदा अधिवक्ता मुकुन्द घिमिरेले तयार पारेका हुन्।
वस्तु विनिमय बजार सम्बन्धि ऐन २०७४ मा उल्लेख भए बमोजिम कमोडिटी एक्सचेन्ज संचालनको लागि आवेदन माग गरिएको तर ऐनमा तोकिएको अवधि व्यतित भईसक्दा समेत कमोडिटी एक्सचेन्ज संचालनको लागि अनुमति प्रदान नभएकोले तत्काल कमोडिटी एक्सचेन्ज संचालनको लागि आदेश दिन रिटमा माग गरिएको छ ।
वस्तु विनिमय बजार अन्तर्गत रहि बजार सञ्चालन गर्न अनुमतिपतत्र प्रदान गर्दा गरिने करारमा पारदर्शीता कायम गर्न मूल्याङ्कन ९एचष्अष्लन० गर्दा वस्तुहरु नेपाली मौलिक नाममा नामाकरण गरी नेपाली बजार मूल्यमा आधारित भई कर लगायतका अन्य भन्सार शुल्क सम्बन्धमा द्वविधा नहुने तवरले करार गर्न गराउन उपयुक्त आदेश माग गरिएको छ ।
सर्वोच्च अदालतले यस मुद्दाको पेशी पुस २९ गतेको लागि तोकेको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई विपक्षी बनाइएको छ ।