सिटिजन्स बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार सुचारु

२३ पुष २०८०, सोमबार १७:४६

नेप्से र सिटिजन्स बैंकबीच १० वर्ष अवधि तथा १० प्रतिशत वार्षिक ब्याजदर भएको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्रको कुल ३० लाख कित्ता सूचीकरण गर्ने समझौता भएको छ।

१ देखि ३० लाखसम्मको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ छ। कम्पनीले सर्वसाधारण समक्ष हिमालयन क्यापिटल लिमिटेडमार्फत खुल्ला बिक्री आह्‍वान गरेको थियो। सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति पुस १ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएको बैंकले जनाएको छ।

सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेप्सेमा कम्पनीको डिबेन्चर दोस्रो बजारमा कारोबार सुरु हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*