नेप्सेद्धारा वर्गिकरणका लागि सूचिकृत कम्पनीहरुसँग आवश्यक विवरण माग

१० श्रावण २०७८, आईतवार १७:५१

काठमाडौं । सूचिकृत संगठित संस्थाको वर्गीकरणका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आवश्यक विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

नेप्सेले गत आर्थिक वर्षको चौथो त्रैमासिक वर्गीकरणका लागि आवश्यक विवरण पठाउन आग्रह गरेको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम नेप्सेले कम्पनीहरुको प्रत्येक त्रैमासिक अवधिमा वर्गिकरण गर्नुपर्ने भएकोले सो बमोजिम आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।

सूचीकृत कम्पनीहरुले साउन १७ गते आइतबारसम्म कार्यालय समयभित्र [email protected] मा प्राप्त हुने गरी विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*