धितोपत्र बोर्डका अध्यक्षको नियुक्ति पारदर्शीढंगले गर्न माग गर्दै प्रदर्शन
२३ पुष २०८०, सोमबार १७:१२
काठमाडौं । धितोपत्र बोर्डभित्रको अनियमितता र बेथिति अन्त्यको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
बोर्डमा विभिन्न नीतिगत भ्रष्टाचार भएको भन्दै विप्लव समूहले त्यसको सुधारका गर्न भन्दै दबावस्वरूप प्रदर्शन गरेको जानकारी दिएको छ ।
प्रदर्शनका क्रममा उनीहरूले पुँजीबजार शुद्धीकरण गर, धितोपत्र बोर्डका अध्यक्षको नियुक्ति पारदर्शी गर लगायतका नारा लगाए ।