हिमालयन रि’को शेयर कारोबार सुरु भएको दिन नेप्से दोहोरो अंकले बढ्यो, प्राय सबै उपसूचकमा हरियाली

२३ पुष २०८०, सोमबार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार सुरु भएकै दिन सोमबार नेप्से ३५.६४ अंकले बढेको हो ।

साता पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले घटेको थियो । आइतबार नेप्से परिसूचक २६.३६ अंकले घटेर २०२२ को विन्दुमा कायम भएको थियो । सोमबार भने नेप्से २०५८.५६ विन्दुमा पुगेर रोकिएको छ ।

सोमबार क्यापिटल मार्केटमा एक करोड ३७ लाख ९ हजार २७६ कित्ता शेयर किनबेच हुँदा चार अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँको कारोबार भयो । यसदिन सबै म्युचुअल फण्डबाहेक सबै सूचकमा उत्साहजनक हरियाली छाएको छ ।

सोमबार सबैभन्दा धेरै जीवन बीमा उपसूचकमा तेहरो अंकको उत्साहजनक वृद्धि भएको छ भने निर्जीवन बीमा समूह पनि तेहरो अंकमा वृद्धि हुन पुगेको छ । बैंक र लगानी उपसूचक एकल अंकले वृद्धि हुँदा अन्य उपसूचकहरुमा दोहोरो अंकको वृद्धि देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*