२० मध्ये कति वाणिज्य बैंकहरुले गरे लाभांश घोषणा ?

२३ पुष २०८०, सोमबार १४:२२

काठमाडौं । हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष २०७९र८०को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । । २० वटा वाणिज्य बैंकमध्ये यी बैंकहरुले लाभांश घोषणा गरेका हुन् ।

गत बर्षको मुनाफाबाट माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, सिटिन्स बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय बाणिज्य बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गरेका हुन् ।

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९र८०को नाफाबाट चुक्ता पूँजीको १३।३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गरेको हो । असोज १८ गते सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ ।

एभरेष्ट बैंकले आर्थिक वर्ष २०७९र८०को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०।५३ प्रतिशत नगद गरी कूल २०।५३ लाभांश वितरण गरेको हो । उक्त लाभांश असोज ३० गते सम्पन्न २९औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।

सानिमा बैंकले आर्थिक वर्ष २०७९र८०को नाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५।७ प्रतिशत नगद गरी कूल १४।७० लाभांश वितरण गरेको हो । उक्त लाभांश कात्तिक २ गते सम्पन्न १९औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।

एनआईसी एशिया बैंकले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १।५ प्रतिशत नगद गरी कूल ३०।५ लाभांश वितरण गरेको हो । उक्त लाभांश असोज २८ गते सम्पन्न २६औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७९र८०को नाफाबाट चुक्ता पुँजीको ५।७९ प्रतिशत नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश असोज २६ गते सम्पन्न १७औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९र८०को नाफाबाट हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४।२१ प्रतिशत अर्थात् ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश मंसिर ५ गते सम्पन्न २२औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।

स्टयान्डर्ड चार्टर्ड बैंकले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत लाभांश वितरण गरेको हो । उक्त लाभांश मंसिर २४ गते सम्पन्न ३७औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९र८०को नाफाबाट चुक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश वितरण गरेको हो । उक्त लाभांश मंसिर २८ गते सम्पन्न १७औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।

नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७९र८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँको ३।७५ प्रतिशत बोनस सेयर र ६।८० प्रतिशत नगद गरी कूल १०।५५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको पुस १३ गते सम्पन्न ३०औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ ।

नबिल बैंकले गत आर्थिक वर्ष २०७९र८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश पुस १२ गते सम्पन्न ३९औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।

लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९र८०को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ०।३७ प्रतिशत नगद ९करसहित० गरी कूल ७।३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले २३औं वार्षिक साधारणसभा पुस २६ गते अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिनको २ बजे आह्वान गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९र८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँको ५।५ प्रतिशत अर्थात् ८६ करोड ५५ हजार ७३८ रुपैयाँ बराबरको नगद प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न बैंकले पुस २९ गते १७औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*