राष्ट्रिय सभाको टिकटमा देउवाकै खेमाबाट विद्रोह, हेलम्बुका अध्यक्ष शेर्पाले गरे मतदान बहिस्कारको घोषणा

२३ पुष २०८०, सोमबार १४:२५

काठमाडौँ । राष्ट्रिय सभाको उम्मेदवार छनोटमा बौद्धिकता र समावेशीतलाई ख्याल नगरी एउटै व्यक्तिलाई पटक-पटक अवसर दिएको भन्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले राष्ट्रिय सभा निर्वाचनमा मत नखसाल्ने घोषणा गरेका छन् । शेर्पा कांग्रेसबाट दोस्रो पटक गाउँपालिका अध्यक्ष निर्वाचित भएका जनप्रतिनिधि हुन् ।

खास समुदाय र अवसर नपाएकालाई भन्दा आफू निकटस्थलाई उम्मेदवार बनाई कांग्रेसलाई सबैको पार्टी बन्ने अवसरबाट बञ्चित गरेको भन्दै उनले संस्थापन पक्षबाटै विद्रोह गरेका छन् । शेर्पा पार्टी सभापति शेरबहादुर देवा निकट मानिन्छन् । पछिल्लो समय भने उनी विमलेन्द्र निधि क्याम्पमा घुसेका छन् । निधि देउवा निकट कै भए पनि स्वार्थ नमिले विद्रोही बनेर प्रकट हुने गरेका छन् ।

पटक-पटक अवसर पाएका एउटै मान्छेलाई सँधै पदमा लैजाने प्रवृत्तिले पार्टीको हित नगर्ने भन्दै महासमिति सदस्यसमेत रहेका अध्यक्ष शेर्पाले सामाजिक सञ्जालमा विद्रोह प्रकट गरेका छन् । उनले लेखेका छन्, ‘देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीले मधेसी, तामाङ, गुरुङ, शेर्पा, राई, मगर ह्योल्मोलगायतका अल्पसंख्यकबाट एक जना पनि उम्मेदवार नबनाएकोमा आफ्नो असन्तुष्टि रहेको छ ।’

उनले यस्ता गलत निर्णयले पार्टीको हित नगर्ने उनले बताएका छन् । ‘यस्तो गलत निर्णय गर्दा पनि उपेक्षित समुदायले सधैं किन मत हालिरहने?, उनले प्रश्न गरेका छन्, ‘एउटै व्यक्ति यता नपाए उता, उता नपाए यता यसरी पनि पार्टी बलियो हुन्छ ? पार्टीले कारबाही गर्छ भने गरोस तर म भोट हाल्न जान्न ।’

कांग्रेसको मत संख्या धेरै रहेको मधेश र जनजाति समुदायलाई पूर्ण रुपमा उपेक्षा गरिएको उनको तर्क छ । ‘मधेशी मूलको उम्मेदवार खोइ ?, उनले भनेका छन्, ‘एउटै व्यक्तिलाई जहिल्यै अवसर पाउने अवस्था बनेको छ । नेतृत्वले सँधै यस्तै निर्णय गरेकाले पार्टीलाई असर परेको छ ।’

कांग्रेसले राष्ट्रिय सभा सदस्यका लागि १० जना उम्मेदवार छनोट गरेकोमा मधेशी मूल, जनतजाति र अल्पसंख्यक समुदायबाट कुनै उम्मेदवार छैनन् । हेलुम्बु गाउँपालिकाका अध्यक्ष शेर्पा बौद्ध दर्शनमा ज्ञान भएको र रुची भएका व्यक्ति हुन् ।

उनको काम नजिबाट नियालेका एक जना अध्येयताले भने, ‘राष्ट्रिय सभा विशेष व्यक्ति र विशेष समुदायको प्रतिनिधित्वका लागि हो । आसपासे, अइरे गैरेको भर्तीकेन्द्र होइन । बौद्ध दर्शनको ज्ञान भएका र साँच्चिकै भिजन भएका निमाग्याल्जेनले राष्ट्रिय सभाको उम्मेदवारबारे यत्तिको टिप्पणी गर्न सुहाउँछ । उनले त्यो हैसियत बनाएका छन् । उनले १० वटा विद्यालय गाभेर एउटै नमुना विद्यालय बनाएका छन् । जहाँ बौद्ध दर्शनको ज्ञान लिन कालेङपोङ, दार्जिलिङबाट विद्यार्थी आइरहेका छन् । स्पष्ट भिजन छ । भिजन अनुसार काम गरेका छन् ।’

बौद्धिक व्यक्ति र विशेष समुदायको प्रतिधित्वका हिसाबले उठाएको भए शेर्पाले राखेको विमत्ति स्वभाविक हुने र कसैले स्वार्थसिद्ध उचालेका भरमा लेखेको भए भावावेश मात्रै हुने ति ध्येयताको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*