कतिमा खुल्यो हिमालयन रिको पहिलो कारोबार?

२३ पुष २०८०, सोमबार १०:५२

काठमाडौं । नेप्सेमा हिमालयन रिइन्सुरेन्स लिमिटेडको शेयर कारोबार सुरु भएको छ । सोमबार स्पेसल प्रि ओपनिङ सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको हो ।

सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो ।उक्त रेन्जको अधिकतम विन्दुबाट कम्पनीको शेयर कारोबार खुला भएको हो।

यस कम्पनीको १० करोड कित्ता शेयर आइतबार सूचीकरण भएको हो। नेप्सेमा ‘एचआरएल’ संकेतमा यसको नियमित शेयर कारोबार हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*