लहानस्थित प्रादेशिक अस्पतालमा कन्सलटेन्ट चिकित्सकका लागि दरखास्त माग

२३ पुष २०८०, सोमबार ०९:४६

काठमाडौं । मधेस प्रदेश अन्तर्गतको राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन जना कन्सलटेन्ट डाक्टरको पदपूर्तिका लागि सूचना प्रकाशित भएको छ ।

सिरहाको लहानस्थित प्रादेशि अस्पतालले कन्सलटेन्ट डाक्टर मागेको यो दोस्रो पल्ट हो । यसअघि पुस ६ गते पहिलो पटक सूचना प्रकाशित गर्दा कन्सलटेन्ट अव्स्टेट्रिसियन, कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट र कन्सलटेन्ट साइक्याट्रिक्समा कुनै पनि दरखास्त फारम स्वीकृत नभएका कारण दोस्रो पटक सूचना प्रकाशित गरिएको बताइएको छ ।

अब सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त फाराम भरी अस्पतालको प्रशासन शाखामा दर्ता गराउन भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*