भित्रि वस्त्रमा १ किलो ३०० ग्राम सुन ल्याएर ल्याउने श्रीलंकन महिला पक्राउ

२२ पुष २०८०, आईतवार १२:२६

काठमाडौं । दुबईबाट अवैध सुन ल्याउने श्रीलंकन महिला पक्राउ परेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति १ बजेतिर ४५ वर्षीया श्रीलंकन महिला कान्ति माथी कावास्कर पक्राउ परेकी हुन् ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौँ आएकी उनी त्रिभुवन विमानस्थलमा मध्यराति १२ बजेर ५ मिनेटमा अवतरण भएकी थिइन् ।

अवैध सुन लिएर विमानस्थल पास हुदैँ गर्दा चेकजाँचका क्रममा १ किलो ३०० ग्राम सुनसहित पक्राउ परेको विमानस्थलका डीआईजी अर्जुन चन्दले बताए ।

उनले लगाएको भित्रि बस्तभित्र प्लाष्टिकले बेरेको अर्धठोस सुन ल्याएको खुलेको छ । दुबै भित्रि बस्त्रमा लुकाएर ल्याएको सुन १ किलो ३०० ग्राम रहेको उनको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*