हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो १६ उत्कृष्ट कर्मचारीलाई सम्मान

२२ पुष २०८०, आईतवार १२:१३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्ना व्यावसायिक लक्ष्य हासिल गर्न सफल १६ उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । कम्पनीले ललितपुरको पुल्चोकस्थित होटलमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्किृत गरेको हो ।

उक्त समारोहमा कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ, संचालकहरु, कम्पनीका सिईओ विजय बहादुर शाह तथा कम्पनीका उच्च पदस्थ कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

नेपालको बीमा बजारमा आफ्नो उत्कृष्ट स्थान बनाउन प्रयत्नरत हिमालयन एभरेष्ट ईन्स्योरेन्स कम्पनीको प्रायः सबै आर्थिक सुचाङ्कहरु प्रगति उन्मुख रहेका छन् । उक्त अवसरमा कम्पनीका प्रमुख सिईओ शाहले कम्पनीले आफ्ना कर्मचारीहरुलाई संधै उत्प्रेरित र हौशला प्रदान गर्दै जाने बताउँदै पुरस्कृत र सम्मानित कर्मचारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरे ।

समारोहमा सम्मानित कर्मचारीहरुको तर्फबाट गोविन्द खड्का तथा मुना थापाले यस्ता कार्यक्रमबाट आफूहरु अझ उत्साहित भएको र यसबाट आफूहरुमा थप जिम्मेवारी थपिएको महशुस भएको बताएका थिए । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले स्वागत मन्तव्य दिएकी थिइन् ।

त्यसैगरी, कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीका कर्मचारीहरुलाई उत्साहित र उत्प्रेरित गर्ने सम्बन्धमा संचालक समिति सदैव तत्पर रहेको बताउँदै सम्मानित कर्मचारीहरुलाई आगामी दिनहरुमा अझ उत्कृष्ट कार्य गर्दै कम्पनीको उन्नती प्रगतिमा अझ बढि योगदान प्राप्त हुने अपेक्षा रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*