फरवार्ड माइक्रोफाइनान्सले लगानीकर्ताको हात खाली बनायो
२२ पुष २०८०, आईतवार ११:२१
फरवार्ड माइक्रोफाइनान्सले ११औं वार्षिक साधारण सभा पुष २७ गतेका डोकेकोछ । उक्त सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल दुहवी, सुनसरीमा बिहान ११ बजे बस्ने भएको छ।
लाभांशसकमो प्रस्ताव पेश गरेको छैन ।सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।
साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनका लागि कम्पनीले पुष १९ गते बुक क्लोज गरिसकेको छ ।