त्रिविको उपकुलपति नियुक्तिमा विवाद, २० गतेको खुल्ला दरखास्त रद्द

२२ पुष २०८०, आईतवार १०:५२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियाका लागि प्रकाशित विज्ञापन रद्द भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना प्रकाशित गरी जारी गरेको खुल्ला दरखास्त रद्द भएको हो ।

पुस २० गते शुक्रबार सूचना जारी गरेर उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । सूचनामा उल्लेख गरिएको प्रावधानबारे विवाद भएपछि रद्द गरिएको अर्को सूचना निकालिएको छ ।

शुक्रबार प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि) पेश गर्न सूचना निकालेपछि त्यसको विरोध भएको थियो ।

विवाद सिर्जना भएपछि कुलपति एवम् प्रधानमन्त्री प्रचण्डले नै सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए । अब अर्को सूचना जारी भएपछि मात्रै त्रिविमा उपकुलपति नियुक्तिको प्रक्रिया सुरु हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले विश्वविद्यायमा राजनीतिक भागबण्डा अन्त्य गर्ने प्रतिवद्धता अनुसार खुला दरखास्त आह्वान गर्न लगाएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*