जाजरकोटमा जाडोले मर्दै भूकम्प पीडित, अहिलेसम्म ३१ जनाको मृत्यु

२२ पुष २०८०, आईतवार १०:३६

काठमाडौं । चिसोका कारण जाजरकोटमा थप एक जना भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँका ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

त्रिपालको बसाइले बिरामी भएपछि कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । कडा निमोनियाँ देखिएपछि त्यहाँ उपचार हुन नसक्दा प्रदेश अस्पताल सुर्खेत रेफर गरेकामा कर्णबहादुरको उपचार सम्भव भएन । उपचारकै क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छोरा रूपलाल विकले जानकारी दिएका छन् ।

जाजरकोटमा भूकम्पपछि त्रिपालमुनि बस्दा चिसोका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ । रुकुम पश्चिममा ५ गरी ३६ जना भूकम्पपीडितको चिसोका कारण मृत्यु भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*