टीयुको उपकुलपतिका लागि खुल्ला दरखास्त आह्वान

२० पुष २०८०, शुक्रबार १०:०९

काठमाडौं । लामो समयदेखि रिक्त त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । यसरी खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न लागिएको यो पहिलो पटक हो । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले योग्यता पूरा गरेका इच्छुक नेपालीबाट १० दिनभित्र दरखास्त दिन भनी सूचना प्रकाशित गरेको छ।

उम्मेदवारले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय समयभित्र दरखास्त पेश गर्न भनिएको छ । उपकुलपतिका लागि दरखास्त दिनेले बढीमा ३००० शब्द लेखिएको विश्वविद्यालयसम्बन्धी भिजन पेपर, बढीमा ५००० शब् द रहेको चार वर्षे व्यवसायिक कार्ययोजना प्रोफेस्नल प्लान बनाएर कार्यविधि अनुरुप दरखास्त बुझाउनु पर्ने छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*