पशुपतिको गंगा आरती र दीप प्रज्वलनको भिडिओ सामाजिक सञ्जालमा राख्नेलाई कपिराइटको मुद्दा लाग्ने

१९ पुष २०८०, बिहीबार १७:५१

काठमाडौं । पशुपति आर्यघाटको बागमती किनारमा हुने गङ्गा आरती तथा कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा राख्न नपाइने भएको छ । पशुपति क्षेत्र विकास कोष र बुढासुब्वा डिजिटल प्रालिले संयुक्त सूचना जारी गरेर पशुपति क्षेत्रमा भिडिओ खिचेर सामाजिक सञ्जालमा राखे प्रतिलिपि ऐन अन्तर्गत कारवाही गर्ने चेतावनी दिएका छन् ।

कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीले पशुपति क्षेत्रमा भिडिओको टेन्डर बुढासुब्वा डिजिटलले पाएकाले कम्पनीको सम्झौतामा उल्लेख भए अनुसार कसैले व्यावसायिक प्रयोजनका लागि भिडिओ राखे कपिराइट लगाउनसक्ने बताए ।

२०८० भदौ ६ मा बुढासुब्वा डिजिटलले पशुपति क्षेत्रको भिडिओ अधिकारको टेन्डर पाएको थियो । अधिकारीका अनुसार कम्पनीलाई कति अधिकार दिने भन्ने कुरा सम्झौता मै उल्लेख छ । सम्झौता अनुसार बुढासुब्बाले त्यहाँको भिडिओ राखे कपिराइट लगाउने तयारी गरिरहेको छ ।

पशुपति क्षेत्रमा फोटो, लाइभ भिडिओ, आरतीको भिडिओ खिच्ने अधिकार बुढासुब्बाले पाएकाले उसले त्यहाँ व्यावसायिक प्रयोजनका लागि राखेको भिडिओमा कपिराइट लगाउन पाउने अधिकारीले बताएका छन् ।

One thought on “पशुपतिको गंगा आरती र दीप प्रज्वलनको भिडिओ सामाजिक सञ्जालमा राख्नेलाई कपिराइटको मुद्दा लाग्ने

  1. BParajuli says:

    अचम्म अचम्मका ठेक्का पट्टा सम्झाैता हुने रहेछन् । अब त पशुपति दर्शनमा गएकाे चिनाे फाेटाे खिच्न पनि नपाइने भएछ । धन्न याे सूचना पढन पाइयाे बेलैमा सचेत भइयाे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*