नेप्सेमा सिंगटी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन, कुनको कति?
१९ पुष २०८०, बिहीबार १७:१६
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सिंगटी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो ।
सिंगटी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिमा कारोबार मूल्य ३०५ रुपैयाँ ८० पैसालाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य २०२ रुपैयाँ ९० पैसा कायम भएको छ ।
त्यस्तै, मन्दाकिनी हाइड्रोपावरको ४.७५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको हो । बिहीबारको अन्तिम कारोबार मूल्य ४२८ रुपैयाँ ८० पैसालाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजनपछि यसको मूल्य ४०९ रुपैयाँ ३६ पैसा कायम भएको छ ।
अब यी कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर कारोबार सुरु हुनेछ।