नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा के-के भयो छलफल ?
१९ पुष २०८०, बिहीबार १५:२३
काठमाडौं । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र राजनीतिक विषयमा छलफल भएको छ ।
होटल याक एन्ड यतिमा भएको छलफलमा दुई देशका परराष्ट्रमन्त्रीहरु नारायण प्रकाश साउद र एस जयशंकरले यी विषयमा केन्द्रित भई नेपाल-भारत सम्बन्धका विविध आयामबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।
खासगरी आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा परिवहन, ऊर्जा र जलस्रोत तथा राजनीतिक विषयवस्तुका विभिन्न पक्षबारे छलफल भएको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् ।