नेप्सेमा फेरि गिरावट, व्यापार र हाइड्रोपावरमा मात्रै उत्साह

१९ पुष २०८०, बिहीबार १५:०१

काठमाडौं । वुधबार दोहोरो अंकले बढेर उत्साह जगाएको शेयर बजार परीसूचक नेप्से साताको अन्तिम कारोबार दिनमा एकल अंकले घटेर बन्द भएको छ । वुधबार नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ विन्दुमा आएर रोकिएको छ ।

वुधबार नेप्से २७.९० अंकले बढेर २०५८.०० विन्दुमा उक्लिएको थियो । बिहीबार एक करोड ६० लाख ५२ हजार १०१ कित्ता किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८०४ रुपैयाँको कारोबार भयो ।

साताको अन्तिम कारोबार दिनमा व्यापार र हाइड्रोपावर उपसूचकमा दोहोरो अंकको वृद्धि हुँद्या लगानी र म्युचुअल फण्ड उपसूचकमा सामान्य वृद्धि देखियो ।

यसदिन जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा तेहरो अंकको गिरावट आएको छ । यस्तै, व्यापार, हाइड्रोपावर, लगानी र म्युचुअल फण्डबाहेकका सबै उपसूचक राताम्य हुन पुगेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*