नेपाल एसबिआई बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा

१९ पुष २०८०, बिहीबार १४:२४

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ। कम्पनीले पुस १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६.८० प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा गरेको हो।

बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई यथशिघ्र अद्यावधिक गर्न आग्रह गरेको छ। अद्यावधिक गराएपछि मात्र खातामा नगद लाभांश आउने बैंकले स्पष्ट पारेको छ।

कम्पनीले ३० औं वार्षिक साधारण सभाबाट ३.७० प्रतिशत बोनस शेयर र ६.८० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयर भने सूचीकरण भएपछि सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरिने बैंकले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*