भारतीय विदेशमन्त्री जयशंकर आएकै दिन ज्ञानेन्द्रले भैरहवामा विशेष भाषण गर्दै
१९ पुष २०८०, बिहीबार १३:१७
काठमाडौं । भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकर नेपाल आएकै दिन पूर्व राजा ज्ञानेन्द्र शाह भैरहवामा विशाल आमसभालाई सम्बोधन गर्दै छन् । उनका समर्थकहरुले पूर्वराजा ज्ञानेन्द्रले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।
उनीहरुले पूर्वराजा ज्ञानेन्द्र औपचारिक रुपमा राजनीतिमा आउने संकेत समेत गरेका छन् । विश्व हिन्दु महासंघको कार्यवाहक अध्यक्ष समेत रहेकी अस्मिता भण्डारीले भैरहवामा पूर्व राजालाई नागरिक अभिनन्दन गरिने र विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताएकी छन् ।
यो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी, विश्व हिन्दु महासंघ, शिव सेना, राष्ट्रिय शक्ति नेपाल , २०४७ को संविधान पुनःस्थापना अभियानले समेत सहभागिता जनाउन लागेको उनले बताईन् ।