प्रभु बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिदै, को–को छन्?

१९ पुष २०८०, बिहीबार ११:०८

काठमाडौं । प्रभु बैंकको ११ संस्थापक शेयरधनी एकैपटक बाहिरिने भएका छन् । उनीहरुले आफ्नो नाममा रहेको ३ लाख ३२ हजार १४६ कित्ता संस्थापक शेयर बिक्री गरी बाहिरिन लागेका हुन् ।

बैंकले संस्थापक शेयरधनी सुशिला भट्टको नाममा रहेको ८६ हजार ४६८ कित्ता, रंजीता श्रेष्ठको २८ हजार १३३ कित्ता, कुमार पौडेलको ४४ हजार ५५९ कित्ता, रविन्द्र अधिकारीको ३४ हजार ५८५ कित्ता, नीरा मैया प्रधानाङ्ग मुनकर्मीको ८ हजार ५ सय कित्ता, तिलक बहादुर प्रधानको ३८ हजार ४४ कित्ता शेयर बिक्रीमा राखेको हो ।

त्यस्तै, सीताराम के.सी.को २६ हजार ५ सय कित्ता, ध्रुव रत्न मानन्धरको ४१ हजार ६७ कित्ता, धिर बहादुर विष्टको ३ हजार ५०९ कित्ता, करिस्मा राउतको १९ हजार ९८८ कित्ता र केशर बहादुर रावलको ७९३ कित्ता शेयर बिक्रीमा राखेको हो ।

बैंकको उक्त शेयर संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*