मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने
१९ पुष २०८०, बिहीबार १०:३२
काठमाडौं । मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले सोही बमोजिमको वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।