सानिमा रिलायन्स लाइफको छैठौं बार्षिक साधारणसभा माघ ११ गते गर्ने निर्णय, यस्तो छ एजेण्डा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस १७ गते बसेको बैठकले छैठौं वार्षिक साधारणसभा माघ ११ गते अम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, साविक सानिमा लाइफ र रिलायन्स लाइफको आर्थिक वर्ष २०७८–७९ को लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, सभाले आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
त्यसैगरी, सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन । कम्पनीले यस वर्ष मुनाफा वितरण गर्ने प्रस्तावव राखेको छैन ।
भुलसुधारः यसअघि अन्यथा पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ । सं.