तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा पुस २४ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

१९ पुष २०८०, बिहीबार ०८:२९

तारागाउँ रिजेन्सी होटल्सको मंगलबार पुस २४ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

सभा, नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*