३९ जना एकैपल्ट उच्च अदालतको न्यायाधीश नियुक्त, जिल्ला न्यायाधीशबाट २६ जना (सूचीसहित)

१८ पुष २०८०, बुधबार १६:१८

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । बुधबार बसेको न्याय परिषद बैठकले उच्च अदालतमा रिक्त ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको हो ।

उच्च अदालतमा सबैभन्दा बढी न्यायाधीश जिल्ला अदालतबाट परेका छन् । जिल्ला अदालतका न्यायाधीशबाट २६ जना उच्च अदालतको न्यायाधीश नियुक्त भएको परिषदले जनाएको छ ।

परिषद्ले न्याय सेवा र सरकारी वकिलबाट ४ जना अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्त गरेको छ । यस्तै, ९ जना कानून व्यवसायी उच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् ।

यस्तै, परिषद्को बुधबार बसेको बैठकले उच्च अदालतका १६ जना न्यायाधीशको सरुवा समेत गरेको छ ।

High court

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*