सात कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कमाए सर्वाधिक?
१८ पुष २०८०, बुधबार १५:०७
काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से दोहोरो अंकले बढेको छ । नेप्सेमा हरियाली छाएसँगै बुधबार २०९ कम्पनीहरुको शेयरमूल्य बढेको हो ।
यस दिन दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सोनापुर मिनरल्स, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ्ग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, आज सनराइज फोकस्ड इक्विटी फण्डको र पञ्चकन्या माई हाइड्रोपावरको ९.९६ तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.५९ प्रतिशतले शेयरमूल्य बढेको हो ।