शिवशिखर सहकारीका बचतकर्ताले अनलाइनबाटै मागदावी गर्न सक्ने (सूचनासहित)

१८ पुष २०८०, बुधबार १३:१३

काठकाडमौं । शिवशिखर बहुउद्देशीय सहकारी संस्थाका बचतकर्तााई अनलाइनबाटै मागदावी आवेदन पेश गनै आाह्वान गरेको छ । बुधबार सूचना प्रकाशन गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय वृद्धथनगरले शिवशिखर बहुउद्देशीय सहकारी संस्थाका बचतकर्तालाई अनलाईनबाटै मागदावी पेश गर्न आग्रह गरेको हो ।

सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफूले पाउनु पर्ने रकम समितिको वेवसाइट धधध.अययऊअ.नयख,लउ मा गई ३५ दिनभित्र आवेदन मार्फत् प्रमाण दावी पेश गर्न समीतिले भनेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको भदौ २५ गतेको बैठकले शिवशिखर बहुउद्देशीय सहकारी संस्थालाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरेको थियो ।

ऐनको दफा १०५ बमोजिम त्यो संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको समितिलाई लेखेपछि यस्तो सूचना आएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*