सात कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन
काठमाडौं । ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुस १८ गते) अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेपाल टेलिकम (एनटिसी), ग्लोबल आइएमई लघुवित्त, लक्ष्मी सनराइज बैंक, शिवम् सिमेन्ट्स, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक र बुटवल पावर कम्पनीले भोली (पुस १९ गते) बुकक्लोज गर्दैछन्।
जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा भाग लिन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
एनटिसीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ११ बजे साधारण सभा बोलाएको छ।
त्यस्तै, ग्लोबल आइएमई लघुवित्तले कर प्रयोजनसहित हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त प्रस्ताव पारित गर्न पुस २९ गते, बेस्ट रिसोर्ट नेपाल प्रा।लि।, लेकसाइड पोखरामा साधारण सभा बोलाएको छ।
त्यसैगरी, लक्ष्मी सनराइज बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न पुस २६ गते बिहीबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे साधारण सभा बोलाएको छ।
शिवम् सिमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते शुक्रबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ९ बजे आठौँ वार्षिक साधारण सभा बोलाएको छ।
मुक्तिनाथ विकास बैंकले हाल कायम चुक्ता पूँजीको ९.७५ प्रतिशत बोनस शेयर ०.५१३२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सो प्रस्ताव पारित गर्न बैंकले पुस २८ गते, सिटी स्क्वायर, न्यूरोड, पोखरामा दिउँसो १ बजे साधारण सभा बोलाएको छ।
महालक्ष्मी विकास बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त प्रस्ताव पारित गर्न बैंकले पुस २८ गते, लैनचौर ब्याङ्क्वेट, नेपाल स्काउट कम्पाउण्ड, लैनचौर, काठमाडौँमा साधारण सभा बोलाएको छ।
त्यस्तै, बुटवल पावरले ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २९ गते साधारणसभा बोलाएको छ।