राष्ट्रिय बीमा कम्पनीसहित तीन कम्पनी बीमा प्राधिकरणको कारवाहीमा, २ लाख रुपैयाँ नगद जरिवाना
काठमाडौं । नेपाल बीमा प्राधिकरणले तीन कम्पनीलाई नगद जरिवाना तिराएको छ । नेपाल बीमा प्राधिकरणको पुस ६ गते बसेको सञ्चालक समिति बैठकले तीन वटा निर्जीवन बीमा कम्पनीहरुमाथि नगद जरिवाना गरेको हो ।
प्राधिकरणका अनुसार आईजीइई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनी नगद जरिवानामा परेका हुन् ।
तीन कम्पनीलाई प्रतिकम्पनी नगद २।२ लाख रुपैयाँ जरिवाना गरिएको बीमा प्राधिकरणले जनाएको छ।
स्थलगत निरिक्षणका क्रममा भेटिएको कैफिएतको बिषयमा जवाफ सोध्दा उचित उत्तर नआएको भन्दै प्राधिकरणले यी तीन कम्पनीलाई रु २ लाख रुपैयाँ नगद जरिवाना तिराएको हो ।
प्राधिकरणले गरेको स्थलगत निरिक्षणका क्रममा अधिकांश बीमा कम्पनीहरुले उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पति शुद्धीकरणमा ध्यान नदिएको, दावी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायतका कैफियत भेटिएको कारण कारावही गरेको हो ।