ग्लोबल आईएमई बैंक दशकै सबैभन्दा ठूलो बैंक, अन्तराष्ट्रिय रुपमा समेत अघि बढ्दै

१७ पुष २०८०, मंगलवार १२:११

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंक रहेको छ । पर्यटन, रेमिट्यान्स, सूचना प्रविधि मात्रै नभएर आईएमई समूहले नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईको समेत नेतृत्व गरेको छ । जसको अध्यक्ष छन्– आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल ।

उनकै नेतृत्वमा २१ वटा बैंक तथा वित्तीय संस्थाको मर्जर सफल व्यवस्थापन हुँदै नेपालकै सबैभन्दा ठूलो ग्लोबल आईएमई बैंक बनेको छ ।

सञ्चालनमा आएको १७ औं वर्षमा प्रवेश गर्दै गर्दा आईएमई समूहले स्थापना गरेको ग्लोबल आईएमई बैंक बैंकिङ सेवा तथा पूँजीको हिसाबले नेपालको नम्बर १ बैंक बनेको हो।

गत वर्ष बैंक अफ काठमाण्डू (बीओके) लाई गाभेर एकीकृत कारोबार सुरु गरेसँगै ग्लोबल आइएमई बैंक पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जाल लगायतका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बन्न पुगेको हो । ग्लोबल आईएमई बैंक वित्तीय सूचकका आधारमा पनि सबै सूचकमा अब्बल रहेको छ । मुलुकका सबै क्षेत्रमा नागरिकलाई, सानोदेखि ठूलासम्म वित्तीय सेवा पु¥याउने गरी अघि बढिरहेको ग्लोबल आईएमई बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको छ ।

बैंकको उदय कसरी भयो भनेर हेर्न सन् २००१ तिर फर्कनुपर्ने हुन्छ । २००१ तिर नेपालबाट वैदेशिक रोजगारीको लागि धेरै नेपाली मेलेसिया गएका थिए । मेलेसियामा बैंकिङ सेवा भएपनि त्यतिबेला नेपाल पैसा पठाउने संयन्त्र सहज नभएको र ग्रामीण क्षेत्रबाट बैंकिङबारे सामान्य जानकारी समेत नभएका नेपालीको लागि पैसा पठाउन धेरै सकस थियो ।
बैंक ठूलो हुँदा गुणस्तरीय सेवाको लागि पनि राम्रो हुन्छ भनेर क्रमशः मर्जर हुँदै जाँदा अहिले ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनानस सहित २१ वटा बैंक तथा वित्तीय संस्थााको एकीकृत बैंकको रुपमा ग्लोबल आईएमई रहेको छ।’

ग्लोबल बैंकको स्थापनासँगै नेपालमा बैंकहरुको स्थापनाको लहर नै चलेको ढकाल स्मरण गर्छन् । २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर बनेको यो अहिले सबैभन्दा ठूलो बैंक बनेको छ । यो बैंकको मर्जरको इतिहास २०६८ माघ २० देखि सुरु भएको थियो । ग्लोबल बैंकमा आईएमई फाइनान्स मर्जर भएर बनेको ग्लोबल आईएमई बैंकलाई नेपाली बैंक तथा वित्तीय संसथामा मर्जरको उदाहरणको रुपमा लिइन्छ । बैंकले तत्कालीन आईएमई फाइनान्सिएल इन्स्ट्यिुटसँगै लर्डबुद्ध फाइनान्सलाई पनि गाभेको थियो । तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आईएमई रहेर एकीकृत कारोबार भएको थियो ।

त्यसपछि गाभ्ने क्रमले निरन्तरता पायो । सोसल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक पनि गाभिए । त्यसपछि अर्को वाणिज्य बैंक कमर्स एन्ड ट्रस्ट बैंकलाई गाभेको बैंकले सन् २०१६ मा प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकलाई मर्ज गर्ने प्रक्रिया अगाडि बढायो । ती दुई संस्था पनि बैंकमा मर्ज भए । मर्ज भएको रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंक लगायत तीन वटा विकास बैंक मर्ज भइसकेका थिए।

त्यसपछि हाथवे फाइनान्स पनि ग्लोबल आईएमई बैंकसँग गाभियो । वाणिज्य बैंकमा जनता बैंक ग्लोबल आईएमईमा मर्ज भयो । नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका रुपमा हेर्ने गरिन्छ । जनता बैंक र ग्लोबल आईएमईले मर्जरपछि ०७६ मंसिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए ।

राष्ट्र बैंकको पूँजीवृद्धि नीतिपछि ८ अर्ब रुपैयाँ पूँजी पु¥याइसकेका २ वटा वाणिज्य बैंक मर्जर भएकोले यसलाई ‘बिग मर्जर’को सुरुवताको रुपमा पनि लिने गरिन्छ । ८ अर्ब पूँजी पुगिसकेपछि पनि राष्ट्र बैंकको अपेक्षाअनुसार वाणिजय बैंकको संख्या घट्न नसकेपछि राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीच नै एक आपसमा मर्जरको लागि प्रोत्साहन गरेको थियो ।

त्यसपछि बैंक अफ काठमाण्डूलाई गाभेर नेपालकै नम्बर वान बैंक बन्यो । बैंक अफ काठमाण्डु पनि साविकको बैंक अफ काठमाण्डु र लुम्बिनी बैंक गरी २ वटा वाणिज्य बैंक आपसमा गाभेर बनेको थियो । यी सबै गर्दा ५ वटा वाणिज्य बैंक मर्ज भएका छन् । मर्जरलाई नै सफल रुपमा व्यवस्थापन गरेका कारण आज अब्बल बैंकका रुपमा ग्लोबल आईएमई बैंक चिनिन थालेको हो । ग्लोबल आईएमई बैंकलाई मर्जर नीतिमा सफल र रोल मोडल बैंकको रुपमा मान्न सकिन्छ ।

मर्जर ठूलो चुनौतिपूर्ण विषय रहेको अध्यक्ष ढकाल बताउँछन् । ‘२१ वटा संस्था मर्जर हुँदा २१ जना अध्यक्ष, २१ सीईओ र २१ वटा संस्थामा ७ जनाको दरले रहेका सञ्चालकहरू मिलाउने काम सानो चुनौती भने थिएन् ।

ठूलो आकारको बैंक बनेसँगै ठूला पूर्वाधार निर्माणमा लगानी गर्न र कठिनाई भोगिरहेका उद्योग व्यवसायीका लागि समेत यसले राहत दिएको पुगेको ढकालको दाबी छ ।

सबै क्षेत्र र समाजका ग्राहकहरुलाई उच्चस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै बैंकले आम जनमानसमा ‘सबैका लागि बैंक’ भन्ने दृष्टिकोण सहित बैंकिङ सेवा प्रवाह गरिरहेको छ । आकार र वित्तीय सूचकांकमा ठूलो देखिएको मात्रै होइन, ग्लोबल आईएमई बैंकले मुलुकको वित्तीय क्षेत्रमा समेत रचनात्मक र गुणात्मक परिवर्तन ल्याउनेगरी पहल ग¥यो र मर्जरको नीतिलाई सफल बनायो ।

२०४५ सालमा राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा जुनियर कर्मचारीको रुपमा आफ्नो करियर सुरु गरेका ढकाल अहिले देशकै सबैभन्दा ठूलो बैंकको अध्यक्ष छन् । १९ औं बैंकको रुपमा स्थापना भएको ग्लोबल आईएमई अहिले करिब ४५ लाख ग्राहकलाई सेवा दिने नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । ग्लोबल आईएमई बैंकले भारत, बेलायत र अष्ट्रेलियमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

यस्तै दक्षिण कोरियामा शाखा कार्यालय खोल्न राष्ट्र बैंकबाट अनुमति लिएर प्रक्रिया अगाडि बढाइएको र त्यो पूरा हुन बाँकी रहेको ढकालले बताए । ग्लोबल आईएमई बैंक ७७ वटै जिल्लामा शाखा पु¥याउने निजी क्षेत्रकै पहिलो वाणिज्य बैंक बन्न सफल भएको छ ।

लगानीकर्तालाई राम्रो प्रतिफल दिनु पनि बैंक सफल हुनुको अर्को आधार हो । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ग्लोबल आईएमई बैंकको नाफा १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा बैंकको नाफा १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.९१ प्रतिशत बढेको छ भने कर्जा ०.२७ प्रतिशत बढेको छ ।
ग्लोबल आईएमई बैंक सबैभन्दा ठूलो बैंक मात्रै नभएर राज्यलाई सबैभन्दा धेरै कर तिर्ने बैंक पनि हो । बैंकले आर्थिक वर्ष २०७८÷७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरी नेपाल सरकारबाट सबैभन्दा बढी कर दाखिला गर्नेमा सम्मानित भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*