कुलमानले लाइन काटेपछि हिमाल आइरनले तिर्‍यो बक्यौता, जोडियो विजुली

१७ पुष २०८०, मंगलवार १०:०७

काठमाडौं । बारा-पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा रहेको हिमाल आइरन एण्ड स्टीलले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले ६० किस्तामा महशुल बुझाउन सक्ने छुट सुविधा दिएसँगै हिमाल आइरनले बक्यौता तिर्न सुरु गरेको हो ।

८ करोड १२ लाख रुपैयाँ बक्यौता मध्ये हिमाल आइरनले पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको छ । विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि सोमबार राति सभा ९ बजेतिर हिमाल आइरनको विद्युत् लाइन जोडिएको जानकारी दिए ।

प्राधिकरणले गएको शुक्रबार यो उद्योगको लाइन काटेको थियो । उद्योगले ३६ किस्तामा बक्यौता तिरिसक्ने प्रतिवद्धता समेत जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*