सीके राउत र मन्त्रीसहित जनमत पार्टीका नेता कार्यकर्तालाई गृहमन्त्री आफैं पुलिस क्लब पुगेर छुटाए
१६ पुष २०८०, सोमबार १७:०२
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं भृकुटीमण्डस्थित महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका अध्यक्ष सीके राउतसहित नेता कार्यकर्तालाई छुटाएका छन् ।
जनमत पार्टीले (सोमबार) आयोजना गरेको ‘राष्ट्रिय धोती दिवस’को र्याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गरेपछि त्यसमा सहभागि नेता कार्यकर्ता पक्राउ परेका थिए ।
अध्यक्ष सीके राउत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, सांसद अब्दुल खान लगायत ५२ नेताकार्यकर्तालाई उपप्रधानमन्त्री श्रेष्ठले महेन्द्र पुलिस क्लब पुगेर छोड्न लगाएका हुन् ।