मिर्मिरे लघुवित्तको लाभांश घोषणा
१६ पुष २०८०, सोमबार १०:१४
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो नगद लाभांश शेयरधनीलाई वितरण गरिनेछ।